महिला र बहिष्कृत समूह ऊर्जाको पहुँचबाट वञ्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

महिला र बहिष्कृत समूह ऊर्जाको पहुँचबाट वञ्चित



काठमाडौँ । नेपालका महिला र बहिष्कृत समूह ऊर्जासम्मको पहुँचबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ । एशियाली विकास बैंक (एडिबी)ले सार्वजनिक गरेको ‘लैंगिक समानता, सामाजिक समावेशिता र ऊर्जा क्षेत्रको समीक्षा’ अध्ययनले नेपालका ग्रामीण भेगका महिला आर्थिक रुपमा अत्यन्त असक्षम रहेकाले ऊर्जासम्मको पहुँच सुनिश्चित हुन नसकेको देखाएको छ ।

कैलालीको घोडाघोडी इलाकाका एकल महिला रु एक हजार लागतका सेवा र वस्तु खरिद गर्न असमर्थ रहेका र उनीहरूलाई सामाजिक सुरक्षाअन्तर्गत सामुदायिक सेवा प्रवाह गर्नुपर्ने अवस्थाको यथार्थ चित्रण गरिएको छ ।

गरिबी, लिंगका आधारमा हुने भेदभाव, जातीय, क्षेत्रीय र भौगोलिक अवस्थितिका कारण ऊर्जासम्मको सहज पहुँच हुननसकेको वास्तविकता प्रतिवेदनमा औँल्याइएको छ ।

एडिबीका देशीय निर्देशक मुख्तोर खामुदाख्नोभले नेपालको सामाजिक–आर्थिक विकासका साथै महिला सशक्तीकरण, उनीहरुको आर्थिक उन्नयन र सवलीकरणमा बैंकले प्राथमिकता दिएको बताए ।

ऊर्जा मन्त्रालयका सहसचिव दिशेकुमार घिमिरेले ऊर्जामा महिलाको पहुँच सुनिश्चित गर्न सरकारीस्तरमा धेरै काम भएका र त्यस निम्ति नीतिगत व्यवस्था पनि भएको जानकारी गराए ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले महिलालाई सक्षम र सशक्त तुल्याउन तथा विकासको मूलप्रवाहमा समाहित गर्न थप अधिकारसहित प्रोत्साहन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : १६ फाल्गुन २०७४, बुधबार १६:१५