स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गरिने



म्याग्दी । महिला, बालबालिका तथा समाजकल्याण मन्त्री थममाया थापाले मुलुकको समृद्धिका लागि सरकारले ग्रामीण क्षेत्रमा उद्योग स्थापना गर्ने बताउनुभएको छ । मन्त्री बनेपछि गृह जिल्ला आएकी मन्त्री थापाले आज बेनीमा प्रेस चौतारी नेपाल, म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताइन ।

 


मन्त्री थापाले स्थानीय स्रोत, साधन र सीपको उपयोगमार्फत मुलुकको समृद्धि हासिल गर्न सरकारले हरेक स्थानीय तहमा ‘ग्राम उद्योग’ स्थापना गर्ने निर्णय गरेको बताइन। वर्तमान सरकारले मुलुकको समृद्धि, सशासन, विकास निर्माणलाई प्राथमिकतामा राखेको बताउँदै उहाँले जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्ने दाबी गनुृर््भयो ।
एक फरक प्रसंगमा मन्त्री थापाले म्याग्दी पर्यटन, जलविद्युत, जडीबुटी, कृषि, पशुपालनलगायतका क्षेत्रमा सम्भावनायुक्त क्षेत्र रहेकाले यहाँकोे विकासमा आफूले सक्दो पहल गर्नेे प्रतिबद्धता जनाइन ।

प्रकाशित : १७ फाल्गुन २०७४, बिहीबार १२:०३