पाकिस्तानका प्रधानमन्त्री नेपाल आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पाकिस्तानका प्रधानमन्त्री नेपाल आउने



काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शाहीद खाकान अब्बासी दुई दिने नेपाल भ्रमणका शिलसिलामा नेपाल आउने भएका छन् ।

उनी सोमबार नेपाल आउन लागेका हुन् । नेपाल आउँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बधाइ दिने कार्यक्रम रहेको छ । साथै अन्य शीर्ष दलका नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

उनी नेपाल आउँदा दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन (सार्क) सम्मेलन र सम्मेलनको नयाँ मिति तय गर्नमा उनको भ्रमण केन्द्रित हुनेछ । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले अब्बासीले प्रधानमन्त्री ओलीसँग सार्क सार्क सम्मेलनको बारेमा पनि कुराकानी गर्ने बताइएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७४, शुक्रबार १४:५४