भृकुटीमण्डपको जुत्ता, चप्पल मेला शनिवार सकिदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भृकुटीमण्डपको जुत्ता, चप्पल मेला शनिवार सकिदै



काठमाडौं । शनिवार सकिन लागेको काठमाडौंको भृकुटीमण्डमा जारी जुत्ता, चप्पल मेलामा उपभोक्ताको घुइँचो लागेको छ ।

मेलामा नयाँ मोडेलका जुत्ता, चप्पलहरु ५० प्रतिशतसम्म छुटमा दिएका कारण उपभोक्ताको भिड लागेको मेला संयोजक तथा केटिएम शुजका संचालक प्रमोद महतोले बताए ।

उनले मेलाबाट हामी उत्साहित भएका छौ । “यसपल्ट हामीले उत्पादन गरेको जुत्ता, चप्पलहरु ग्राहकले अत्याधिक मात्रामा मनपराउनुभयो” ।


नेपाल जुत्ता चप्पल उघोग व्यवसायी संघले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उदेस्यले आयोजना गरेको मेलामा ७ वटा कम्पनीका सयौ मोडेलका, फ्रेस जुत्ता, चप्पलहरु राखिएको छ ।

धेरै वटा कम्पनीका जुत्ता चप्पलहरु एउटै छानामुनी प्याक्ट्रीको भाउमा बिक्रि वितरण भइरहेकाले मेला बाट धेरै जना लाभान्वियत भएको नेपाल जुत्ता, चप्पल उघोग व्यवसायी संघका अध्यक्ष खुमराजा ढुंगानाले बताए। उनले मेलाबाट बजारमा उत्पादन भएका नयाँ जुत्ता, चप्पलहरुको बारेमा उपभोक्तालाई जानकारी प्रदान गर्ने समेत मद्दत पुगेको बताए । गत विहीवारबाट शुरु भएको जुत्ता, चप्पल मेला शनिवार सकिदैछ ।

प्रकाशित : १८ फाल्गुन २०७४, शुक्रबार १५:२०