निर्वाचन प्रयोजनका लागि ४० दलदर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्वाचन प्रयोजनका लागि ४० दलदर्ता



बैंकक । थाइल्याण्डमा आगामी निर्वाचनको प्रयोजनका लागि करिब ४० राजनीतिक दलले निर्वाचन आयोगमा आफ्नो दलको नाम दर्ता गराएका शुक्रबार बताइएको छ ।

राजधानी बैंककमा ती दलले नाम दर्ता गराएका बताइएको छ । त्यहाँ अहिले पनि सैनिक शासक रहेकोले उक्त निर्वाचनमा दलले सहभागिता नजनाउने अनुमान गरिएका बेला यो समाचार आएको हो ।

सैनिक शासकहरुले शासन गरिरहेको यस देशमा प्रजातन्त्र फर्काउने यो पहिलो कदम भएको बताइएको छ । थाइल्याडमा सन् २०१४ बाट सैनिक शासन रहदै आएको छ ।

सन् २०१४ मा जननिर्वाचित सरकारलाई हटाएर सैनिकले सरकार सञ्चालन गर्दै आएको छ ।

यसै हप्ता जुन्ता अर्थात सैनिक सरकारका प्रमुखले सन् २०१९ को फेबु्रअरीसम्ममा यहाँको संसदको निर्वाचन गराउने प्रतिबद्धता जनाउनु भएको थियो ।

जुन्ता सरकारले जगाएको यस नयाँ उत्साहको कारण दर्जनौँ नया दलले शुक्रबार बैंककस्थित निर्वाचन आयोगमा आ–आफ्नो दलको नाम दर्ता गराएका छन् ।

‘सिएम डेमोक्रयाटिक पार्टी’ र ‘थाई युनिटी पार्टी’ जस्ता ठूला राजनीतिक दलले पनि यस प्रयोजनका लागि नाम दर्ता गराएका बताइएको छ ।

यसैक्रममा ३८ वटा दलले निर्वाचन आयोगमा नाम दर्ता गराएका र अरु दुइवटा दलले पनि शुक्रबारै दर्ता गराउने जानकारी एक सरकारी अधिकारीले एएफपी समाचार समिसितलाई शुक्रबार दिएका छन् ।

थाइल्याण्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको दल ‘पिउ थाई’ले सन् २००१ बाट नै हरेक राष्ट्रिय निर्वाचनमा विजय हासिल गर्दै आएको छ । तर सो दलले भने यस प्रयोजनका लागि दर्ता गराएको छैन ।

सैनिक सरकारले विगतदेखि राजनीतिक दल तथा तिनका भातृ संगठनहरुलाई लगाउँदै आएको प्रतिबन्ध खुल्ला गरेको छ । त्यसैले निर्वाचनको आशा जागेको बताइएको छ ।एएफपी

प्रकाशित : १८ फाल्गुन २०७४, शुक्रबार १५:२८