राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राई र गुरूङ्गले जिते आइएमईको ‘आइफोन एक्स’

प्रकाशित मितिः १ असार २०७९



काठमाडौं । ‘आइएमई गरौँ, आईफोन एक्स जितौं’भन्ने मूलनाराका साथआइएमई लमिटेडले संचालनमा ल्याएको स्किमको दोस्रो तथा अन्तिम विजेता राजेश राई हुनु भएको छ । कम्पनीले संयुक्त अधिराज्य बेलायत, संयुक्त राज्य अमेरिका र युरोपमा रहेका सेवा ग्राहीहरूलाई लक्षितगरि गत डिसेम्बर १५ देखि दुई महिना लामो स्किम सार्वजनिक गरेको थियो । स्किम अन्तर्गत नेपालमा पैसा लिने सेवाग्राहीहरू मध्येबाट हरेक दिन पाँच जना भाग्यशाली विजेतालाई प्रति व्यक्ति २ वटा चन्द्रागिरि केवलकारका टिकट उपलब्ध गराइएको थियो भने प्रत्येक महिना एक जना भाग्या शाली विजेतालाई ‘आइफोन एक्स’ उपलब्ध गराइएको थियो ।
भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख विक्री अधिकृत  रुद्रराज पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्क गर्दा संयुक्त अधिराज्य बेलायतबाट नेपालमा आइएमई गरि कूल नेपाली रुपैयाँ ३४ हजार ४ सय ३६ पठाउने आइएमई सेवाग्राही राई  छनोट भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही राई स्वयम् वानीजले सिफारिस गरेको व्यक्तिले उक्त उपहार पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै योजना अवधिमा विदेश स्थित आइएमईका व्यवसायिक साझेदार संस्थाहरु जस्तैः– मनीग्राम, एक्सप्रेस मनी र इन्स्टेन्ट क्यास मार्फत आइएमई गरि नेपाल पठाएको पैसा लिने सेवाग्राहीहरू मध्येबाट लालबहादुर गुरुङ्ग भाग्यशाली विजेता छनोट भएका छन् । भाग्यशाली विजेता छनोट कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख संचालन अधिकृत  खिलेन्द्र पौडेलले सफ्टवेयर पद्धतिमा आधारित स्टार्ट बटम किल्कगर्दा साइप्रसबाट मनीग्राम मार्फत पठाएको पैसा नेपालमा आइएमई मार्फत लिने गुरुङ्ग भाग्यशाली विजेता घोषित भएका हुन् । सेवा र शर्त अनुसार सेवाग्राही गुरुङ्ग स्वयमले उक्तउपहार पाउने व्यवस्था गरिएको छ ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आईएमई सेन्टर सहित७५ जिल्लाका ७ हजार १सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत  विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : १८ फाल्गुन २०७४, शुक्रबार १६:१८