मञ्जुश्री फाइनान्सले चैत ८ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मञ्जुश्री फाइनान्सले चैत ८ गतेदेखि हकप्रद सेयर निश्कासन गर्ने



काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आगामी चैत ८ गतेदेखि १०० बराबर ५ को अनुपातमा हकप्रद सेयरको निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ६२ हजार १ सय ९० कित्ता हकप्रद सेयर निश्कासन  गर्न लागेको हो । इच्छुक सेयरधनीले बैशाख १२ गतेसम्म खरीदका लागि आवेदन दिइसक्नुुपर्नेछ ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

हाल कम्पनीको चुक्तापूँजी ७२ करोड ४३ लाख रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्तापूँजी बढेर ७६ करोड ५ लाखको उचाईमा पुग्नेछ ।

इच्छुक सेयरधनीले एनआइबिएल एस क्यापिटलको काठमाण्डौ(लाजिम्पाट)स्थित मुख्य कार्यालय, मञ्जुश्री फाइनान्स लिमीटेडको बानेश्वरस्थित कार्यालय र सबै शाखा कार्यालय तथा धितोपत्र बोर्डबाट आस्वा सेवा संचालनको अनुमति पाएका सबै बैंक तथा बित्तीय संस्था र तिनका शाखाबाट हकप्रद खरीदका लागि आवेदन दिनसक्नेछन् ।

 

प्रकाशित : २० फाल्गुन २०७४, आईतवार १२:२९