पानस सहकारीले ९१ लाख ठग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पानस सहकारीले ९१ लाख ठग्यो



ईटहरी । मोरङको सुन्दरहरैचा ९ मा रहेको पानस बचत तथा ऋण सहकारी संस्थाले ९१ लाख बढी हिनामिना गरेको आरोपमा संस्थाका ब्यबस्थापक बिमला राई सहित ५ जना पदाधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो संस्थामा रहेका ४ सय ८३ जना शेयर सदस्यहरुको बचत रकम समेत संस्थाले हिनामिना गरी जोखिममा पारेको उजुरीका आधारमा ब्यबस्थापक सहित पदाधिकारीहरुलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

अनसन्धानकै क्रममा रहेका कारण यकिन रकम यति भन्ने नभएपनि ९१ लाख बढी रकम हिनामिना देखिएको र अनुसन्धानका लागी संस्थाका अध्यक्ष देबेन्द्रकुमार मास्के सहित ५ जना पदाधिकारीलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।पुर्वेली न्यूजबाट साभार

प्रकाशित : २० फाल्गुन २०७४, आईतवार १८:००