काँग्रेस संसदीय दलको नेता छान्न मतदान जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काँग्रेस संसदीय दलको नेता छान्न मतदान जारी



काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेता छान्न सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अहिले मतदान जारी छ । मतदान आज बिहान १० बजेदेखि शुरु भएको हो ।

उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिस्पर्धा रहेको छ । देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार हुनुहुन्छ भने समर्थकमा मानबहादुर विश्वकर्मा रहनुभएको छ ।

त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव हुनुहुन्छ भने समर्थकमा सञ्जय गौतम रहनुभएको छ । नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य हुनुहुन्छ ।

मतदान दिउँसो १ बजेसम्म सञ्चालन हुनेछ । मतदान समाप्त भएलगत्तै मतगणना शुरु हुने निर्वाचन समिति संयोजक चिनकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार ११:४६