शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेकै छैनःअर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

शेयर बजारलाई अनुत्पादक क्षेत्र भनेकै छैनःअर्थमन्त्री



काठमाडाै।अर्थमन्त्री डा युवराज खतिवडाले शेयर बजारलाई आफूले अनुत्पादक नभनेको बताएका छन् । अर्थमन्त्रीका कारण शेयर बजार घटेको भन्दै बजारमा चर्को आपत्ति आउन थालेपछि उनले सो प्रतिक्रिया दिएका हुन् । उनले बजार विस्तारका लागि आफू तयार रहेको बताएका छन् ।

बजार लगातार ओरालो लागेपछि त्यसलाई सन्तुलनमा ल्याउन अर्थमन्त्री डा खतिवडाले पछिल्लो पटक त्यस्तो अभिव्यक्ति दिएका हुन् । बीबीसीसंगको अन्तरवार्तामा खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको सार्वजनिक भएको थियो । तर उनले भने सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको दावी गरेका हुन् । गोरखापत्र दैनिकबाट

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १२:०५