ह्वात्तै घट्यो शेयर बजार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ह्वात्तै घट्यो शेयर बजार



काठमाडाै । साताको दोस्रो दिन सोमबार पनि नेप्से दोहोरो अंकले घटेको छ । बजार खुलेको केहि समय सम्म बढेको बजार झण्डै ३७ मिनेट पछि ओरालो लागेको नेप्से सोमबार बजार बन्द हुँदा १६ दशमलव ६९ अंकले घटेको छ ।

नेप्से संगै आज कारोबार रकममा पनि कमि आएको छ । अघिल्लो दिन आइतबार ४८ करोड ३९ लाख ६७ हजार ५०६ बराबरको कारोबार भएको थियो भने सोमवार ३९ करोड ५२ लाख १७ हजार ४ सय ३५ बराबरको कारोवार भएको छ । १५३ कम्पनीको शेयर कारोबार भएको सोमवारको शेयर कारोबारमा २१ कम्पनिले मात्र कमाएका छन् ।

यसदिन कमाउनेहरु मध्ये सुर्योदयको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशत अर्थात १०८ रुपैयाँ प्रतिकित्ता र बिसाल बजार कम्पनी लिमिटेडको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत अर्थात प्रतिकित्ता ८१ रुपैयाँले बढेको छ ।

यसदिन कारोवारमा आएका समुह मध्ये ट्रेडिङ र होटल्स समुह वाहेका अन्य सवै समुह घटेका छन् ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १५:२७