उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रितः उद्योगमन्त्री यादव « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योगधन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रितः उद्योगमन्त्री यादव



काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने बताउनुभएको छ ।लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था र अवसरका विषयमा नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग सोमबार उद्योग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो ।

मुलुकमा उद्योगधन्दाको विकास गर्दै आर्थिक समृद्घि हासिल गर्ने चुनावी घोषणापत्रमार्फत प्रतिवद्घता व्यक्त गरेर नयाँ सरकार आएको भन्दै उहाँले भन्नुभयो – ‘हामी मुलुकमा औद्योगिकरणको प्रवद्र्घन र विकास गर्ने प्रतिवद्घताका साथ चुनाव लडेर निर्वाचित भएर आएका हौं उद्योगी÷व्यवसायीहरु ढुक्क हुनुहोस हामीले प्रतिवद्घता पुरा गर्छौं ।’

यो सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्वपूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्वपूर्ण काम गर्ने गरी सरकार गठन भएको उहाँले प्रष्ट पार्नुभयो ।मुलुकमा उत्पादनमूलक एवं सेवा क्षेत्रको उद्योगको विकासको लागि सरकार, उद्यमी र श्रमिकबीच असल औद्योगिक सम्बन्धको रहनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री यादवले भन्नुभयो –‘मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको हीतको लागि माल वस्तु सहज, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीब्रताका साथ गर्ने छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नयाँ सरकार गठन भएसँगै नेपाली जनताको आर्थिक सम्बृद्धि र विकासको तिब्र चाहना मुखरित हुन थालेको भन्दै यसतर्फ वर्तमान सरकार राजनीतिक स्थायित्व सहित तिब्रतर गतिमा अग्रसर हुनु अपरिहार्य बनेको बताउनुभयो ।

आर्थिक सम्बृद्धि र बिकासको मूख्य चुनौतीे कहाली लाग्दो आयात निर्यात ब्यापार असन्तुलन (१ ः १४) लाई कम गरी यूवाहरुलाई स्वदेशमै आकर्षक रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । मुलुकभर करिब ३ लाख ५० हजार घरेलु तथा साना उद्योगहरु दर्ता भइ झण्डै २ लाख ५० हजार उद्योगहरु सञ्चालनमा रहेको तथ्याङ्क भएता पनि यस्ता उद्योगले कारखानाको आकार ग्रहण गर्न नसकेको भन्दै महासंघका अध्यक्ष गिरीले आम जनमानसमा यस्त उद्योगहरु पहिचानमा नरहेका, आवश्यक भौतिक पूर्वाधारको अभावमा कार्यस्थल व्यवस्थित हुन नसक्दा युवाहरुलाई रोजगारीमा आकर्षण श्रृजना गर्न नसकिएको, सरकारले प्रदान गर्ने सेवा सूविधाहरु पु¥याउन नसकिएको अवस्थाप्रति ध्यानाकर्षण गराउनुभयो ।

वर्तमान अवस्थाको आयातमुखी अर्थतन्त्रलाई विस्थापित गर्न आयात प्रतिष्थापनका लागि उत्पादनमुलक क्षेत्रलाई सक्रिय बनाउनका साथ साथै निर्यात प्रवर्धन गर्न पनि उत्तिकै जरुरी रहेको भन्दै उहाँले यसका लागि निर्यात प्रवद्र्धन गृह स्थापना गर्ने अवधारणा पहिलेदेखि नै कार्यान्वयन गर्न नेपाल सरकार र नीजि क्षेत्रको सहकार्यमा निर्यात गृह स्थापना गर्ने कार्यक्रम बनाइएको भएता पनि हालसम्म लागू हुन नसकेको हुदा सार्वजनिक नीजि साझेदारीमा सञ्चालन गर्ने गरि केन्द्रीय स्तरमा १ निर्यात गृह स्थापनाका लागि बजेट बिनियोजनका लागी आग्रह गर्नुभयो ।

आत्मनिर्भर अर्थतन्त्रलाई निर्माण गर्ने आवश्यकता महसुस गरि नीजि क्षेत्रको छाता संस्था समेतको सहकार्यमा सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिका २०७१ लाई कडाइका साथ लागू गर्न नेपाल सरकारद्धारा आवश्यक निर्देशन जारी गर्न गराउन तत्काल पहल गर्न पनि उहाँले आग्रह गर्नुभयो ।निरन्तर बृद्धि भइरहेको व्यापार घाटालाई कम गर्न निर्यात बृद्धि गर्न अपरिहार्य रहेको हुँदा छिमेकी मुलुक भारत र चिन लगायतका देशहरुले व्यवस्था गरिएको निर्यात प्रोत्साहन अनुरुप नै नेपाली मौलिक उत्पादनहरुको निर्यात बृद्धि गर्न त्यस्ता वस्तुमा भएको आन्तरिक मुल्य अभिबृद्धिको १५ प्रतिशत रकम नगदै अनुदान दिने व्यवस्थाका लागी पहल गर्न पनि अध्यक्ष गिरीको आग्रह थियो ।

संयुक्त राज्य अमेरिकाले प्राथमिकतामा राखी कर छुट दिएका बस्तुको बारेमा उद्यमीहरु अनभिज्ञ रहेको हुँदा वस्तुहरुको नमुना विकासका लागी नेपाल घरेलु तथा साना उद्योग महासंघलाई बजेट उपलब्ध गराउने र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र मार्फत संयुक्त राज्य अमेरिकामा ७७ वटै वस्तुहरुको प्रवर्धन गर्न एकदेशिय व्यापार मेला आयोजना गर्न आवश्यक बजेटका लागी उहाँले आग्रह गर्नुभयो ।

नेपालका तुलनात्मक लाभका उत्पादनहरु चियापत्ती, अलैंची, अदुवा, जडिबुटी, रुद्राक्ष र बोधिचित्त, बहुमुल्य पत्थरहरुको अन्तराष्ट्रिय बजार विविधिकरणका लागी व्यापार मार्गलाई रिरुटिङ गर्न चीन लगायतका सम्भावित मुलुकहरुलाई सम्भाव्यता अध्ययन लागी उहाँले अनुरोध गर्नुभयो ।

लघु घरेलु तथा साना उद्योगको कच्चा पदार्थको स्रोत भनेकै कृषि र गैह् काष्ठजन्य वन उपज भएको हँुदा सरकारी तथा सार्वजनिक जग्गामा संचालित अल्पकालिन कृषि बजारहरुलाई व्यवसायीक ढंगले संचालन गर्न कृषि पशु पंक्षी, सहकारी तथा बन मन्त्रालयहरु समेतको समन्वयमा स्थायी कृषि बजार उद्योग तथा लगानी प्रवर्धन बोर्ड मार्फत कार्यक्रम अगाडी बढाउन पहल हुनका लागी अध्यक्ष गिरीले आग्रह गर्नुभयो ।

भेटवार्तामा महासंघका सल्लाहकार लता प्याकुरेल, सुरेश प्रधान, वासुदेव गिरी, राष्ट्रिय उद्योग व्यापार महासंघका अध्यक्ष शिव प्रसाद कट्टेल, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका अध्यक्ष श्याम पाठकलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १५:३९