कांग्रेसको संसदीय दलको नेतामा देउवा निवार्चित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कांग्रेसको संसदीय दलको नेतामा देउवा निवार्चित



काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निवार्चित भएका छन् । दलको नेता छान्न काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको निर्वाचनमा देउवाले ४४ मत ल्याएर विजयी भएका हुन् । उनको प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेका छन् ।

विहान ११ बजेदेखि एक बजेसम्म मतदान भएको थियो । मतदान लगत्तै भएको मतगणना पछि नतिजा सार्वजनिक भएको हो । आजै संघीय संसदको पहिलो अधिवेशन रहेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७४, सोमबार १४:११