उन्नति माइक्रोफाइनान्स कारोबार खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उन्नति माइक्रोफाइनान्स कारोबार खुल्यो



काठमाडाै । नेपाल स्टक एक्चेन्ज नेप्सेमा आज मंगलबारबाट उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको कारोबार सुरु भएको छ । कम्पनीको कारोबार UMB कोडबाट हुने नेप्सेले जनाएको छ ।

कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले १६८.५९ देखि ५०६ सम्मको सुरुवाती मूल्य तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ ।

कम्पनीको गत सोमबार ५ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको थियो । माइक्रोफाइनान्सले पुष २१ देखि पुस २५ सम्म १ करोड ६५ लाख बराबरको १ लाख ६५ हजार कित्ता आईपिओ निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात् ६६०० कित्ता कर्मचारीलाई, ५ प्रतिशत अर्थात् ८२५० कित्ता सामुहिक लगानी कोषलाई र बाँकि १ लाख ५० हजार १ सय ५० कित्ता सर्बसाधारणलाई छुट्टयाइएको थियो।

हाल माइक्रोफाइनान्सको चुक्ता पुंजी ३ करोड ८५ लाख रहेकोमा आईपिओ निष्काशनपछि चुक्ता पुंजी ५ करोड नाघेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ४५ लाख ११ हजार खुद मुनाफा गरेको छ। रुपन्देहीमा केन्द्रिय कार्यालय रहेको यस माइक्रोफाइनान्सले १० जिल्लामा सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार ११:१४