महायज्ञमा साढे दुई करोड संकलित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महायज्ञमा साढे दुई करोड संकलित



चितवन । कालिका नगरपालिका वडा नं ५ पदमपुरमा सञ्चालित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा रु दुई करोड ५० लाख संकलन भएको छ ।

पौराणिक भीमबलि मन्दिर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सो महायज्ञ शुरु गरिएको थियोे । संकलित रकमबाट मन्दिरको अतिरिक्त विवाह, व्रतबन्ध मण्डप, धार्मिक पुस्तकालय, योग भवन, थारु संग्रहालय र बाल उद्यानसमेत निर्माण गर्ने लक्ष्य छ ।

सोही रकमबाट सो क्षेत्रका विपन्न बोटे, दलित र चेपाङ छात्रछात्रालाई छात्रवृत्तिसमेत प्रदान गर्ने लक्ष्य रहेको मूल समारोह समितिका महासचिव भीष्मप्रसाद खनालले जानकारी दिनुभयो । यही फागुन १३ देखि २० गतेसम्म सञ्चालित महायज्ञमा वाचन प्रवीण पं दीनबन्धु पोखरेलबाट श्रीमद्भागवत कथा वाचन भएको थियो । तेह्र कट्ठा क्षेत्रफल रहेको सो मन्दिर परिसरमा शिवालय मन्दिर, दुर्गा, ब्रह्मास्थान, गढीमाईको समेत मन्दिर छन् ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार ११:२९