हरियो स्टिकरविनाका सवारी साधन प्रवेशमा रोक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हरियो स्टिकरविनाका सवारी साधन प्रवेशमा रोक

प्रकाशित मितिः १ असार २०७९



काठमाडौँ । सरकारले हरियो स्टिकर नलगाइएका सवारी साधनलाई आगामी वैशाख १ गतेदेखि महानगरभित्र प्रवेश गर्न रोक लगाउने भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले हरियो स्टिकरलाई वैशाखदेखि कडाइका साथ लागू गर्न लागिएको बताउनुभयो । “वैशाखदेखि हरियो स्टिकर लगाएका जुनसुकै सवारी साधनलाई जुनसुकै समयमा जाँच गर्छाँंैं, प्रदूषणमा फेल भए सवारी धनी र स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्छौं”, उहाँले भन्नुभयो ।

 

मन्त्री पण्डितले उपत्यकामा प्रदूषण गर्ने सम्बन्धित निकायसँग छलफल गरिसकिएको बताउँदै आगामी एक वर्षभित्र काठमाडौँमा मास्क नलगाई हिँड्ने वातावरण निर्माण गर्न सरकार लागिरहेको बताउनुभयो । धुवाँ, धुलो, गिटी, बालुवालगायतलाई निश्चित मापदण्डमा ल्याउन सकिए प्रदूषणमा कमी ल्याउन सकिने उहाँको भनाइ थियो । उहाँले काठमाडौँमा मानव शरीरले भोग्न सक्नेभन्दा आठ गुणाभन्दा बढी प्रदूषण रहेकाले प्रदूषण हटाउनका सबै क्षेत्र लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार ११:५१