कच्चा तेलको मूल्य बढेपछि निगमको नाफा घट्यो, तत्काल मूल्य नबढ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कच्चा तेलको मूल्य बढेपछि निगमको नाफा घट्यो, तत्काल मूल्य नबढ्ने



oil nigamकाठमाडौं ।  अन्तर्रािष्ट्रय बजारमा कच्चा तेलको मूल्य बढेपछि निगमको नाफा घटेको छ । इन्डियन आयल कर्पोरेसन(आइओसी)ले मे १५मा पठाएको मूल्य अनुसार निगमको नाफा ६१ करोड ७७ लाखमा खुम्चिएको छ । यसअघि निगमको नाफा ८४ करोड ९१ लाख नाफा थियो ।

नयाँ मूल्य अनुसार निगमलाई पेट्रोल एक लिटरमा १० रुपैयाँ १२ पैसा र डिजलमा ४ रुपैयाँ ४ पैसा नाफा छ । यसअघि निगमलाई पेट्रोल र डिजलमा क्रमशः १३ रुपैयाँ ३६ र ४ रुपैयाँ ७० पैसा नाफा थियो । निगमले अन्तर्रा्ष्ट्रिय बजार अनुसार स्वचालित मूल्य कार्यान्वयनमा ल्याएपनि भूकम्पका कारण तत्कालका लागि निगमले यो प्रणाली स्थगित गरेको छ । निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार भूकम्पले मुलुक संकटमा परेकोले तत्कालका लागि मूल्य नबढाउने निर्णय भएको बताए ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार १०:२१