चौबीस लाखको लगानीमा कृषि फार्म « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चौबीस लाखको लगानीमा कृषि फार्म



बाबियाचौर । बेनी नगरपालिका– १० पात्लेखेतमा एक युवाले रु चौबीस लाख लगानी गरेर कृषि फार्म स्थापना गरेका छन् । छत्तीस वर्षीय भविन्द्र पाइजाले ‘आशिर्वाद कृषि फार्म’ स्थापना गरेर व्यावसायिक रुपमा बाख्रापालन र च्याउखेती शुरु गर्नुभएको हो । बाख्रा खरिद र पूर्वाधार निर्माणमा सो रकम लगानी गरेको पाइजाले बताउनुभयो ।

उमेर समूह अनुसारका बाख्रा राख्नका लागि छुट्टाछुट्टै कोठा भएको खोर बनाइएको छ । फार्ममा हाल ६० वटा जमुनापारी, खरी, अजमेरी र बोयर जातका बाख्रा छन् । गत साउनमा स्थापना भएको सो फार्मबाट हालसम्म रु ८५ हजार बराबरको पाठापाठी बिक्री गरिसकेको उहाँले बताउनुभयो ।

बाख्राको नश्ल सुधारका लागि रु ५० हजारमा बोयर जातको बोका पाल्नुभएको छ । बाख्रापालनसँगै उहाँले ५५० मुडामा सिताके जातको च्याउखेतीसमेत गर्नुभएको छ । बाख्राको आहारका लागि पाखोबारीमा तीन हजार ५०० डालेघाँसका बिरुवा रोप्नुभएको छ भने तीन रोपनी खेतमा जैघाँस लगाउनुभएको छ ।

पाइजाले ११ वर्षसम्म दक्षिण कोरियामा काम गर्नुभएको थियो । कोरियामा मनग्य आम्दानी भए पनि दुःख धेरै भएको उहाँ बताउनुहुन्छ । “केही गर्नुपर्छ भन्ने लागेर बाख्रापालन शुरु गरेको हुँ,” उहाँले भन्नुभयो, “बाख्राको संख्या बढाएर १५० पु¥याउने लक्ष्य छ ।” डेढ सय बाख्रा पाल्दा वार्षिक रु दश लाखसम्म आम्दानी गर्न सकिने पाइजाले बताउनुभयो ।
मासु र पूजाआजाका लागि गाउँ र सदरमुकाम बेनी बजारमा खसीबोका खपत हुने गरेको छ ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १६:३९