कटारीमा कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कटारीमा कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने



उदयपुर। अठार वर्षअघि निर्माण भएर पनि सञ्चालनमा आउन नसकेको कटारी नगरपालिकाको कटारी बजारस्थित कृषि उपज केन्द्र चाँडै सञ्चालनमा आउने भएको छ ।

कटारी नगरपालिकाकाअनुसार कृषि उपज केन्द्र यही फागुन अन्तिम हप्तादेखि सञ्चालनमा आउने भएको छ । केन्द्र सञ्चालन गर्न पुनःमर्मत, खाने पानीको व्यवस्था, शौचालयलगायत पूर्वाधार निर्माण गरिएको नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

नौ कठ्ठा जग्गामा रहेका आठवटा भवन हाल प्रयोगविहीन अवस्थामा छन् । केन्द्रका भवनमा स्थानीयवासीले गाईवस्तु बाँध्ने र सुंगुर राख्ने खोरको रुपमा प्रयोग गर्दैआएका छन् । उक्त केन्द्र प्रयोगमा आएपछि कटारी क्षेत्रमा तरकारी भण्डारण गर्न सकिनेछ ।

दमकल सञ्चालनमा

कटारी नगरपालिकाले दमकल सेवा सञ्चालन गरेको छ । नगरपालिकाले छ महिना अघि दमकल खरिद गरेको हो । नगर प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार यस अघि कटारी क्षेत्रमा आगलागी हुँदा लाहानबाट दमकल बगाउनुपर्ने अवस्था थियो ।

जिल्लाका त्रियुगा र चौदण्डी नगरपालिकाले यस अघिनै दमकल सेवा सञ्चालन गरिसकेका छन् ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १७:०५