संघीय समाजवादी फोरम, सरकारमा जाने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संघीय समाजवादी फोरम, सरकारमा जाने पक्का



 

काठमाडौं । संघीय समाजवादी फोरम, नेपाल सरकारमा जाने भएको छ । सो पार्टीको आज बसेको पदाधिकारी वैठकले यस्तो निर्णय लिएको हो ।

केही दिनदेखि बामगठबन्धन र फोरम नेपालवीच संविधान संसोधन र सरकारमा सहभागीका विषयमा छलफल भैरहेको थियो ।

बैठकले सरकारमा जाने औपचारिक निर्णय गरेको फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार छिट्टै दलको बैठक बसेर मन्त्रीहरुको नाम टुङगो लगाउने छ ।

संविधान संशोधनमा ओली सरकारको प्रतिवद्धा आएपछि फोरम सरकारमा सहभागि हुने निर्णयमा पुगिएको श्रेष्ठले बताए ।

त्यसअघि आजै सत्तारुढ दलसँगको सहमतिमा हस्ताक्षर हुने फोरमका नेताहरुले बताएका छन् ।

फोरम नेपालका नेताहरुले तीन मन्त्रालय पाएको दावी गरेका छन् ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १७:२६