आशा लघुवित्तले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आशा लघुवित्तले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने



काठमाडौं । आशा लघुवित्तले शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । नुवाकोटको मदानपुरमा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीले हकप्रदको लागि चैत १७ गते ककनीमा विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार अधिकृत तथा जारी पुँजी १० करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याउने तथा चुक्ता पुँजी ७ करोडबाट १४ करोड पुर्याउने प्रस्ताव विशेष साधारणसभामा पेश गर्ने भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।लघुवित्तको फागुन २० गते सम्पन्न सञ्चालक समितिको ४५औं बैठकले चैत १७ गते विशेष सधारणसभा बोलाउने निर्णय गरेको हो । चालू आर्थिक वर्षका दोस्रो त्रैमाससम्म कम्पनी २६ लाख ७७ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

प्रकाशित : २२ फाल्गुन २०७४, मंगलवार १७:३३