तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा



कञ्चनपुर । भीमदत्त नगरपालिकामा रु तीन अर्बको क्षेत्रीय शहरी विकास आयोजना सञ्चालानमा आएको छ ।

शहरी पूर्वाधार विकासका लागि प्रदेश नं ७ मा भीमदत्त नगरपालिकासहित कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा एशियाली विकास बंैकको ऋण सहयोगमा आयोजना सञ्चालन गरिएको हो ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीमदत्त नगरलाई व्यवस्थित र पूर्वाधार सम्पन्न शहर बनाउन आयोजना सञ्चालन गरिएको बताउनुभयो । भीमदत्तलाई व्यवस्थित शहरसँगै प्रदेश नं ७ को उत्कृष्ट नमूना शहर बनाउन कार्यक्रम अगाडि बढाइएको उहाँको भनाइ छ ।

“भीमदत्तलाई नमूना शहर बनाउन २० वर्षे योजना बनाएका छौँ,” उहाँले भन्नुभयो । पाँच वर्षे आयोजनाले भीमदत्तको पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । फोहरमैला व्यवस्थापन केन्द्र, ढलसहितको नमूना सडक र फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजनाको प्रमुख प्राथमिकतामा छन् ।

आयोजनाअन्तर्गत निर्माण हुने दुई लेनको ३६ किलोमिटर कालोपत्र सडकको सर्भे गरिएको छ । फोहरमैला व्यवस्थापनका लागि जग्गाको खोजी गरिएको छ । भीमदत्त नगरपालिकाका इञ्जिनियर हिमालयसिंह ऐरले रु एक अर्ब ७० करोड लगानीमा ढलसहितको दुई लेनको नमूना सडक निर्माण हुने बताउनुभयो । फोहरमैला र फोहर पानी प्रशोधन केन्द्र निर्माणका लागि आयोजनाअन्तर्गत कार्य अगाडि बढाइने योजना रहेको उहाँले बताउनुभयो ।

प्रकाशित : २३ फाल्गुन २०७४, बुधबार १४:३०