दुई दिन भित्रै बाँडफाँड भयो आरम्भको शेयर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

दुई दिन भित्रै बाँडफाँड भयो आरम्भको शेयर



काठमाडाै । नेपालको शेयरबजारमा सार्वजनिक निष्काशनमा नयाँ क्रान्ति सुरु भएको छ। सोमबार अर्थात फागुन २१ गते निष्काशन बन्द भएको आरम्भ माइक्रोफाइनान्सको सेयर २ दिनमा नै बाँडफाँड भएको छ।

 

सिडीएससीले आईपीओको आबेदनमा एकिकृत प्रणाली सी आस्वा लागू गरेकाले आइपीओ निष्काशनको केहि दिनमा नै शेयर बाँडफाँड सम्भव भएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए।

आरम्भ माइक्रोफाइनान्सको आइपीओमा एक लाख ८५ हजार ६५३ भ्यालिड आबेदन परेको  थियो । जस मध्ये २७ हजार ४८ जनाले आरम्भ माइक्रोफाइनान्सको शेयर पाएका छन।

प्रकाशित : २३ फाल्गुन २०७४, बुधबार १४:४८