कोरिया जाने हो ? अब यसो गर्नु पर्छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कोरिया जाने हो ? अब यसो गर्नु पर्छ



काठमाडाै – रोजगारीका लागि कोरिया जान चाहनेका लागि इम्प्लोयमेन्ट परमिट सिस्टम (इपीसएस) परीक्षाको आवेदन चैतमा खुल्ने भएको छ । आवेदन दिन चाहनेहरुले चैत ८ गते देखि १७ गते सम्म आवेदन भर्नुपर्ने छ ।

श्रम तथा रोजगगार मन्त्रालय अन्तगर्तको वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले परीक्षाको आवेदन तथा परीक्षा सञ्चालनसम्बन्धी सूचना प्रकाशित गरी आवेदन तथा परीक्षा मिति सार्वजनिक गरेको हो ।

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको ९२०३४ साल चैत १० देखि २०५६ साल चैत ९ सम्म जन्मिएका नेपाली नागरिकले इपीएस नेपालको वेवसाइटमा गई अनलाइनबाटै आवेदन भर्न सक्नेछन् ।

आवेदन शूल्क २४ डलर तोकिएको छ । यसपटक कुल ७ हजार १०० जना उत्तीर्ण गरिने बताइएको छ । जसमध्ये उत्पादनमुलक क्षेत्रमा चार हजार ८ सय र कृषि क्षेत्रमा दुई हजार ३०० कोटा निर्धारण गरिएको छ ।

परीक्षा जेठ २६ र २७ गते तय भएको छ । परीक्षाका लागि काठमाडौँ र पोखरामा केन्द्र तोकिएको इपीएस कोरिया शाखाले जनाएको छ । पोखरामा १२ हजार जनाले परीक्षा दिन पाउनेछन् ।

प्रकाशित : २४ फाल्गुन २०७४, बिहीबार १२:०३