एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिए राजीनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले दिए राजीनामा



काठमाडौ । कार्यकाल बाँकी हुँदै एनआइसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले राजीनामा दिएका छन् ।
२०७३ जेठ ३ गते बैंकको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका रिसालको आझै एनआइसी एशिया बैंकमा दुई वर्ष अवधि बाँकी नै छ । पहिलो दुई बर्ष जेठको पहिला सातादेखि पूरा हुँदैछ ।

तत्कालिन एनआइसी बैंक बैक अफ एशिया मर्ज भएपछि रिसाल एनआइसीका सिइओ शशिन जोशीले छाडेपछि रिसाल मर्जपछिको एनआइसी एशिया बैंकका सिइओ भएका थिए । सञ्चालक समितिमा राजीनामा बुझाएपनि रिसालले राजीनामा दिएको कारण भने खुलाइएको छैन । बैंकको सञ्चालक समितिलाई आफू शुक्रबारदेखि विदामा बसेको जनाकारी गराएका छन् ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार ०८:२२