अर्थमन्त्रीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थमन्त्रीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने



काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभा सदस्यमा मनोनीत तीन सदस्यले पद तथा गोपनियताको शपथ लिएका छन ।

राष्ट्रियसभाका ज्येष्ठ सदस्य तारादेवी भट्टले आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा सदस्य डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई शपथ गराएका हुन । नेपालको संविधानअनुसार ज्येष्ठ सदस्यले शपथ गराउने व्यवस्था छ ।

यसअघि सर्वाेच्च अदालतले अन्तरिम आदेशमार्फत शपथमा रोक लगाएका कारण यही फागुन २० गते राष्ट्रियसभाका सदस्यको शपथ कार्यक्रममा उनिहरु उपस्थित हुन पाएका थिइनन ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १३:५८