स्पर्स लघुवित्तको सञ्चालकमा गजुरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्पर्स लघुवित्तको सञ्चालकमा गजुरेल



काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाको ३१औं सञ्चालक समितिको बैठकले मेघराज गजुरेललाई स्वतन्त्र सञ्चालकको रुपमा नियुक्त गरेको छ । गजुरेलले विभिन्न बैंक तथा वित्तीय संस्थामा ३८ वर्षभन्दा बढी लामो अनुभव हासिल गरेका व्यक्ति हुन् ।

गजुरेलले तत्कालीन बैंक अफ सिलोनमा हालको एनसीसी बैंकमा २ वर्ष, कृषि विकास बैंकमा २१ वर्ष तथा रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरमा १५ वर्ष व्यवस्थापकीय पदमा रही कार्यगत अनुभव हासिल गरेका छन् ।

५.६० करोड चुक्ता पुँजी रहेको कम्पनीका १० वटा जिल्ला (कास्की, बाग्लुङ्ग, म्याग्दी, लमजुङ, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका बैंकिङ पहँुच नपुगेका गाउँपालिकामा केन्द्रित भई लघुवित्त कार्यक्रम संचालनमा ल्याएकोे छ । कम्पनीले निकट भविष्यमा २ करोड ४० लाखको शेयर निष्कासन गर्ने तयारी गर्दैछ ।

स्पर्स लघुवित्त वित्तीय संस्थाले हालसम्म १५ वटा शाखामार्फत्२० करोड लगानी गरी करिब २.५ करोड बचत संकलन गरिसकेको छ ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १४:३६