बचतकर्तालाई १० प्रतिशत व्याज दिएपछि २७ बाणिज्य बैंकले एनआईसी एसियाको साथ छाडे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बचतकर्तालाई १० प्रतिशत व्याज दिएपछि २७ बाणिज्य बैंकले एनआईसी एसियाको साथ छाडे



काठमाडौँ । बचतकर्तालाई १० प्रतिशत व्याज दिएपछि २७ बैंकले एनआईसी एसियासँगको कारोबार रोकेका छन् । बैंकर संघको निर्णय अनुसार २७ वटा बाणिज्य बैंकले एनआईसी एसिया बैंकसँगको अन्तर बैंक कारोबार बन्द गरेका हुन ।

बचत र मुद्धति निक्षेपमा ग्राहकलाई दिइने ब्याजदरमा संघले तोकेको सीमा नाघेको भन्दै कारोबार रोकेका हुन । गत शुक्रबार संघमा आवद्ध बैंकहरुले बचत खातमा ८ र एक वर्षे मुद्धतिमा ११ प्रतिशतभन्दा बढी ब्याजदर कायम नगर्ने सहमति गरेका थिए ।

तर एनआइसी एशियाले बचतको ब्याज १० प्रतिशत र मुद्धतिमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेपछि बैंकर्स संघले अन्तर बैंक वित्तीय कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १४:४२