सेञ्चुरी कमर्सियल बैंक आठौं वर्षमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सेञ्चुरी कमर्सियल बैंक आठौं वर्षमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड आठौं वर्षमा प्रवेश गरेको छ । बैंकले आज विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो वार्षिकोत्सव मनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले सेयरधनी, ग्राहक, कर्मचारी लगायत सबैलाई आभारप्रकट गरेको छ ।

स्थापनाको यस अवधीमा बैंकले ५२ अर्व १७ करोड रुपैयाँ निक्षेप संकलन गरि ४७ अर्व २ करोड रुपैयाँ भन्दा बढि कर्जा लगानी गरेको छ ।

त्यस्तै मुलुकभर रहेका ९४ वटा शाखा कार्यालय मार्फत ४ लाख भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा दिदै आएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १६:०७