उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा प्रधान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा प्रधान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रधानले ६५ मत ल्याएर निर्वाचित भए ।

उपाध्यक्ष पदका अर्का प्रत्यासी निरक केसीले ३३ मत ल्याए । जिल्ला तथा नगर उद्योग वाणिज्य कूल १०४ भोटमध्ये ९८ भोट खसेको थियो ।

गत वर्ष भएको महासंघको निर्वाचनमा शेखर गोल्छासँग बरिष्ठ उपाध्यक्ष पदमा चुनाब हारेका प्रधानले एक तह तल्लो पद जिल्ला नगर उपाध्यक्षमा निर्वाचत भएका हुन् । पहिले पनि प्रधान जिल्ला नगर उपाध्यक्ष थिए ।

प्रकाशित : २५ फाल्गुन २०७४, शुक्रबार १६:२३