सुनचाँदी व्यवसायी विगत छ दिनदेखि बेपत्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनचाँदी व्यवसायी विगत छ दिनदेखि बेपत्ता



सुरुङ्गा। झापाको विर्तामोडमा सुनचाँदी व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी विगत छ दिनदेखि बेपत्ता भएका छन् ।

दावा ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक २६ वर्षीय साजन मुखिया यही फागुन २० गतेदेखि बेपत्ता भएको मुखियाकी श्रीमती रवीना मुखियाले बताउनुभयो ।

विर्तामोडमा आज पत्रकार सम्मेलनको आयोजना गरी रवीना मुखियाले बेपत्ता बनेका आफ्ना श्रीमान्को खोजीमा सहयोग पु¥याइदिन सम्बन्धीत सबैमा आग्रह गर्नुभएको छ ।

मलाई पसलमा बस्तै गर्नु, म मार्केट पुगेर आउँछु भन्दै आइतबार दिउँसो १ः४१ बजे फोन सम्पर्क गरेर हिँड्नुभएका मेरा श्रीमान्को अहिलेसम्म कुनै अत्तोपत्तो छैन, सबैतिर खोजी भइसक्यो, प्रहरीलाई पनि त्यही दिन राति खबर गरेका छौँ साजनकी श्रीमती रवीनाले भन्नुभयो, “तपाईंहरुले पनि उहाँको खोजीका लागि सहयोग पु¥याइदिनुहोस् ।”

यता सुनचाँदी व्यवसायी संघ झापाले पनि साजनको खोजीका लागि सहयोग पु¥याउन सबैलाई आग्रह गरेको छ । संघका अध्यक्ष राजु धमलाले प्रहरीलाई समेत उनी बेपत्ता बनेको जानकारी गराएको बताउनुभयो ।

इलाका प्रहरी कर्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले घटनाका विषयमा सबै संयन्त्र परिचालन गरिसकिएको र घटनाका सम्बन्धमा प्रहरी गम्भीर भएर अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रकाशित : २६ फाल्गुन २०७४, शनिबार १३:२२