डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा



काठमाडौ । सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्ष्ट्रक्सन एण्ड इञ्जीनियरिंग कर्पोरेशन (एनसीइसी) ले उक्त ब्राण्डका उपकरणहरुको परिमार्जित संस्करण नेपाली बजारमा भित्र्याएको हो । नेपालमा आफ्ना उत्पादनको बिक्री बितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइनाप्याकले परिमाजित उपकरण भित्र्याएको हो ।

सन् २००८ देखि नेपाली बजारमा आफ्ना उत्पादनको बिक्री बितरण गरिरहेको डाइनाप्याकको आधिकारिक बिक्रेता इनसीइसी रहेको छ । एक कार्यक्रमका बिच एनसीइसीले परिमार्जित अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भित्र्याएको हो । एनसीईसीका मुलुकभर रहेका बिक्रि र सेवा केन्द्रमार्फत डाइनाप्याकका पछिल्ला संस्करणको बिक्री बितरण हुने छ । एनसीइसीले विगत ६० बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको छ ।

नेपाल कन्स्ट्रक्सन एण्ड इञ्जीनियरंग कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइनाप्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकुल रहेको बताए । उनले भने, ‘नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रुपमा गर्नेछ । साथै पछिल्ला संस्करणमा थपिएका सुरक्षा प्रविधिले हामी नेपालको बजारमा स्थापीत हुनेमा आशावादी छौं ।

जर्मनीको वार्डेनबर्गमा मुख्य कार्यालय रहेको ड्यानप्याकले क्षेत्रीय बिक्रेता र सेवा केन्द्र, तथा वितरकसंगको साझेदारी मार्फत बिश्वभरमा आफ्ना उत्पादनको बिक्री बितरण गर्दै आएको छ । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन प्लाण्टहरु रहेका छन् । फायाट ग्रुपको अंशका रुपमा रहेको डाइनाप्याकले भारतको क्षेत्रीय कार्यालय मार्फत नेपाल भित्रको सेवा संचालन गर्नेछ ।

‘नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माण गर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागि हुन पाउँदा हामी गौरवान्वित भएका छौं ।’ फायाट ग्रुप, डाइनाप्याक इण्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले भने ।

ड्यानप्याकका लागि रातो रंग सधै नै महत्त्वपूर्ण रङ साबित भएको बताएका चक्रवर्तीले सोही रंगका कारण ब्राण्डको भ्यालुलाई विशिष्ट र थप उपयोगी बनाएको बताए । ‘नयाँ रंगहरुले भविष्यको छवी र डाइनाप्याकको ब्राण्डको आत्मालाई समर्थन गर्छ ।’ उनले भने ।

फायाटले एट्लास कर्पोरेशनको सडक निर्माण सामग्री बिभागलाई आफुमा विलय समेत गरेको छ । यस बिभागले रोलरको लागि आवश्यक डामर र माटोको उपयोग, मार्फत पेवर्स र प्लेनर्स उत्पादन गर्ने विज्ञप्तीमा उल्लेख छ । यो प्रप्तीसँगै ३७ देशमा रहेका बिक्रि र सेवा संचालन केन्द्र, चार देशका उत्पादन इकाई र उत्पादन साझेदार फायाट भारतको स्वामित्वमा आएका छन् । डाइनाप्याकको प्राप्तिले फायाट ग्रुप सडक निर्माण सामग्री उत्पादनमा रणनीतिक रुपमा थप मजबुत बनेको चक्रवर्तीले बताए ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १४:२५