कक्षा ११ र १२ को नयाँ परीक्षा तालिका सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कक्षा ११ र १२ को नयाँ परीक्षा तालिका सार्वजनिक



काठमाडौं । कक्षा ११ र १२ अर्थात प्लस टूका विद्यार्थीको अन्यौल समाधान गर्दै उच्च मावि शिक्षा परिषद परीक्षा नियन्त्रण कार्यालयले नयाँ परीक्षा तालिका सार्वजनिक गरेको छ । परिषदको सोमबारको बैठकले देशका ६८ जिल्लामा परीक्षा सञ्चालन गर्न सकिने निष्कर्ष निकाल्दै परीक्षा तालिका सार्वजनिक गरेको हो ।

 

भुकम्पबाट अति प्रभावित जिल्लामा भने परीक्षा स्थगित नै राखिएको परिषदले जनाएको छ । नयाँ परीक्षा तालिका अनुसार स्थगित १२ को जेठ २० देखि र ११ कक्षाको परीक्षा असार १ गते देखि शुरु हुने छ ।

भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, गोरखा, धादिङ, नुवाकोट, काभ्रे, दोलखा र रामेछापमा भने पछि परीक्षा सञ्चालन गर्ने परिषदले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार १०:२०