७ दशमलव ०८ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

७ दशमलव ०८ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । सोमबार नेप्से ओरालो लागेर बन्द भएको छ। आज नेप्स ७ दशमलव ०८ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका उतपादनमुलक समुह बाहेक अरु सबै समुहले गुमाएको छ। आज कारोबारमा आएका १५४ कम्पनीको ७ लाख ७० हजार ४ सय ९८ कित्ता सेयरबाट ३१ करोड ३१ लाख ६५ हजार ९ सय १६ रुपैयाको कारोबार भएको छ।
सोमबार सबै भन्दा धेरै होटल समुहले गुमाएको छ । आज होटल समुह ३५ दशमलव ६९ अंकले ओरालो लागेको छ। आज लघुवित्त समुह १९ दशमलव ३ अंकले, जलविधुत समुह १३ दशमलव १४ अंकले, बैँक समुह ७ दशमलव २२ अंकले, इन्स्योरेन्स समुह ६ दशमलव ६ अंकले, अन्य समुह ४ दशमलव ४५ अंकले, फाइनान्स समुह ३ दशमलव ३७ अंकले र विकास बैँक समुह १ दशमलव ०५ अंकले ओरालो लागेको छ ।
आज उतपादनमुलक समुह भने उकालो लागेको छ । आज उतपादनमुलक समुह २० दशमलव ९४ अंकले उकालो लागेको छ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १५:१२