नेपाल इन्भेष्टमेण्ट बैंक र दक्षिण कोरियाको ई नाइन पे कम्पनीबीच रेमिट्यान्स सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्भेष्टमेण्ट बैंक र दक्षिण कोरियाको ई नाइन पे कम्पनीबीच रेमिट्यान्स सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.(पृथ्वी रेमिट) र दक्षिण कोरिया स्थित ई नाइन पे कम्पनी लिमिटेडबीच विप्रेषण (रेमिट्यान्स) कारोबार गर्ने सम्झौता भएको छ ।

यस सम्झौतापछि दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँ स्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी ई नाइन पेको मोबाइल एप्स प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् ।

साथै, ई नाइन पेको दक्षिण कोरियामा रहेको शाखाहरुबाट समेत नेपालमा रकम पठाउन सकिन्छ । ई नाइन पे मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपाल स्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामातुरुन्तै जम्मा हुनेछ, साथै अन्य वाणिज्य तथाविकास बैंकको खातामापनि रकमजम्मागर्न सकिन्छ ।

ई नाइन पेमार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण (रेमिट्यान्स) सेवा पृथ्बी रेमिटका ८ हजारभन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ ।

यी दुई कम्पनीबीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७४, सोमबार १६:००