संविधानबाट हटेन ‘समाजवाद’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

संविधानबाट हटेन ‘समाजवाद’



काठमाडौं । निजी क्षेत्र र अर्थविदले विरोध गरे पनि बुधबार संविधानसभाबाट पारित संविधानमा समाजवाद शब्द हटेन । प्रस्तावनामा रहेको उक्त विषय संशोधनबिनै बुधबार संविधानसभाले संविधान पारित गरेपछि समाजवादनै समावेश हुने भएको हो ।

निजी क्षेत्रले भने उदार एवं खुला बजारमुखी अर्थतन्त्रको माध्यमबाट लोकतान्त्रिक समृद्ध नेपालको निर्माण गर्न प्रतिबद्ध रहँदै भन्ने उल्लेख गर्न माग गरिएको थियो । उक्त विषयमा प्रमुख राजनीतिक दलका शीर्ष नेता, सभामुख सुभास नेम्वाङसहित सबै सभासदलाई निजी क्षेत्रले अनुरोध गरेको थियो ।

संविधानको प्रारम्भिक मस्यौदामा उल्लेख भएलगत्तै माग गरे पनि संशोधनमा भने परेन ।  तीन ठाउँमा समाजवादबारे समावेश गरिएको छ । –कान्तिपुरबाट

प्रकाशित : १ आश्विन २०७२, शुक्रबार ०३:३५