आज साँझ ५ बजे नयाँ संविधानको घोषणा,बानेश्वर क्षेत्र बिहानैदेखि कडा सुरक्षा घेरामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आज साँझ ५ बजे नयाँ संविधानको घोषणा,बानेश्वर क्षेत्र बिहानैदेखि कडा सुरक्षा घेरामा



काठमाडौं। नयाँ संविधान आजदेखि लागू हुँदैछ । साँझ ५ बजे हुने औपचारिक राष्ट्रिय समारोहमा राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधानको औपचारिक घोषणा गर्नेछन् ।

बानेश्वर क्षेत्र बिहानैदेखि कडा सुरक्षा घेरामा छ । दुलहीजस्तो सिंगारिएको संविधान सभा परिसरमा बिहानैदेखि बेग्लै रौनक छ । ‘एक युगमा आउने एक दिन’ को स्वागतमा अन्तिम तयारीका सबै काम सकिएको छ ।

संविधान सभा भवन अगाडिका ८१ वटा अग्ला फलामका खम्बामा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । भवन परिसरमा रंगीचंगी कपडाका ध्वजा–पतंगा टांगिएको छ । प्रबेशद्धारहरू रंगीचंगी फूल र जलघडाले सजाइएको छ । फूलमाला, पुष्पगुच्छा र रंगिचंगी गमलाहरू राखेर संविधान सभा हल प्रबेश गर्ने मुख्यद्वार सिँगारिएको छ ।

सरकारले संविधानसभाबाट संविधान बनेको खुसियालीमा आज र भोली सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

संविधान बनेको खुसियालीमा नेपालभरका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संस्थान तथा विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा दुवै दिन साँझ दीपावली गरिने भएको छ ।

प्रकाशित : ३ आश्विन २०७२, आईतवार ०५:३०