भौतिकशास्त्री स्टेफन हकिङ्कोको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भौतिकशास्त्री स्टेफन हकिङ्कोको निधन



काठमाडौं । भौतिकशास्त्री स्टेफन हकिङ्को निधन भएको छ । उनको ७६ वर्षको उमेरमा निधन भएको परिवारले पुष्टि गरेको छ । हकिङले, ब्ल्याक होल्स र सापेक्षता सहित अ ब्रिफ हिष्ट्री अफ टाइम लगायत विज्ञानका थुप्रै किताब लेखेका छन् ।

हकिङका छोराछोरी लुसी, रोबर्ट र टिमले, आफ्ना बाबु आजै बितेको भन्दै आफुहरु मर्माहत भएको बताएका छन् । उनीहरुले भनेका छन्, “उनी महान् वैज्ञानिक थिए र अद्भुद मान्छे थिए, उनको काम र बिरासत वर्षाैंसम्म जीवित रहनेछ“ । हकिङको शाहस र दृढताको प्रसंशा गर्दै छोराछोरीले उनको प्रतिभा र रसिकपनले संसारभरका मान्छेलाई प्रेरणा दिएको बताएका छन् ।

आफ्ना बाबुले एक पटक “यदि तिमीले माया गर्ने मान्छेको बासस्थान थिएन भने यो ब्रह्माण्डको अस्तित्व रहने थिएन“ भनेको र उनको अभाव अब सधैं खड्किरहने उनीहरुको भनाइ छ ।

उनको शारीरिक अवस्था एकदम कमजोर भएपनि उनको विचारले विश्वलाई नयाँ बाटो देखाउन सफल भयाे । १९६३ देखि उनी मोटर न्युरोन नामक रोगबाट पीडित थिए। सो समयमा चिकित्सकहरुले उनलाई २ वर्ष मात्रै बाँच्ने भनेका थिए ।

प्रकाशित : ३० फाल्गुन २०७४, बुधबार १०:१६