प्राईम लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राईम लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन



काठमाडौं। प्राईम लाईफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको बोनसपछिको शेयर मूल्य बुधबार नेप्सेले समायोजन गरेको हो ।

बोनस समायोजनपश्चात प्राइम लाईफको प्रतिकित्ता शेयरमूल्य ५५१ रुपैयाँ ११ पैसा तोकिएको छ । जसका लागि आधार मूल्य ७२६ रुपैयाँ ७९ पैसा लिइएको थियो ।

प्राइम लाईफले १६० प्रतिशत हकप्रद शेयरधनीले समेत बोनस पाउने गरी १२ दशमलव ५० प्रतिशत बोनसपछिको शेयर मूल्य समायोजन गरेको हो । कम्पनीले बोनस वितरणको प्रस्तावसहित चैत १४ गते बुधबार ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले १ बराबर १.६० को अनुपातमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद फागुन २७ गतेदेखि हकप्रद बिक्री खुल्ला गरिरहेको छ ।

प्रकाशित : ३० फाल्गुन २०७४, बुधबार ११:४२