म्यानपावर कम्पनीमाथि कारबाहीभन्दा आर्थिक चलखेलमा अभिरुचि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

म्यानपावर कम्पनीमाथि कारबाहीभन्दा आर्थिक चलखेलमा अभिरुचि



2078598573_1442731371काठमाडौं। वैदेशिक रोजगार विभागले कामदारको उजुरीका आधारमा गरेको म्यानपावर कम्पनीको अनुगमन प्रभावकारी हुन सकेन । अनुगमनमा जाने विभागका कर्मचारीले अनुगमन गरी ठगी गर्ने म्यानपावर कम्पनीमाथि कारबाहीभन्दा आर्थिक चलखेलमा अभिरुचि देखाएपछि प्रभावकारी हुन नसकेको विभाग स्रोतले जनायो ।

विभागले ६० वटा म्यानपावर कम्पनीमाथि अनुगमन गर्दा स्पष्ट मापदण्ड नभएको व्यवसायीको गुनासो छ । कामदारसँग रकम धेरै लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेको उजुरीका आधारमा विभागले ६० म्यानपावर कम्पनीमाथि अनुगमन गर्ने भएको छ । विभागका निर्देशक बद्री कार्कीले सरकारले निर्धारण गरेको कामदार खर्चभन्दा बढी रकम लिने म्यानपावर कम्पनीमाथि कारबाही गर्ने भएकाले मापदण्डमा विवाद छैन ।

उनले विभागले ठूलो कारोबार गर्ने ६० वटा म्यानपावरमाथि कडा निगरानी राखिरहेकाले आर्थिक चलखेलको आशंका हुनु स्वाभाविक भएको जिकिर गरे । ‘विभागले अनुगमनलाई तीव्रता दिइरहेकाले केही म्यानपावर कम्पनीले आफ्ना कमजोरी लुकाउन आर्थिक चलखेलको प्रचार गरेका छन्,’ उनले भने, ‘उजुरी बढी आएका र कारोबार पनि बढी भएकाबाट अनुगमन हुने भएकाले चाँडै म्यानपावर कम्पनी सुध्रिन बाध्य हुनेछन् ।’

विभागले स्पष्टीकरण लिएका ४७ म्यानपावर कम्पनीको पूर्वश्रम स्वीकृति रोकेको छ । विभागले स्पष्टीकरण लिएर पूर्वश्रम स्वीकृति रोकेका म्यानपावर कम्पनीले अनुगमन रोक्न लबिङ गरिरहेको विभागका शाखा अधिकृत विश्वबन्धु रेग्मीले बताए ।‘कामदारका बढी उजुरी आएकालाई कारबाही गर्न नै अनुगमन गरिएको हो,’ उनले भने । खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

प्रकाशित : ३ आश्विन २०७२, आईतवार ०७:०७