सगरमाथा इन्स्योरेन्सका एक साथ ९ वटा कार्यालय सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सगरमाथा इन्स्योरेन्सका एक साथ ९ वटा कार्यालय सञ्चालनमा



काठमाडौं। सगरमाथा इन्स्योरेन्स कम्पनीले  एकसाथ ६ वटा शाखा तथा ३ वटा उपशाखा गरी ९ वटा कार्यालय सञ्चालनमा ल्याएको छ ।

कम्पनीका सञ्चालक पद्म ज्योति तथा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बारा जिल्लाको सिमरास्थित नयांँ शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो अवसरमा सञ्चालक ज्योतिले नेपालका सबै समुदायमा बीमा सेवा पुर्याउने उद्देश्यका साथ कम्पनीले कार्य गरी रहेको र आगामी दिनमा यसलाई व्यापक रुपमा प्रभावकारी ढंगबाट बीमा सेवा बिस्तार गर्न कम्पनी लागिपर्ने बताए ।

उक्त अवसरमा तराई यातायात व्यावसायी संघका अध्यक्ष ओम कृष्ण कार्कीले कम्पनीको सिमरा शाखाबाट यस क्षेत्रका जनसमुदायलाई स्थानीयस्तरमा नै बीमा सेवा उपलब्ध गराउनका लागि शाखा स्थापना गराएकोमा कम्पनीप्रति धन्यवाद व्यक्त गर्दै कम्पनीको प्रगतिका लागि शुभ कामना व्यक्त गरेका छन् ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले सिमरालगायत सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयांँ शाखा तथा चितवनको टाँंडी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालय सञ्चालनमा ल्याई निर्जीवन बीमा सेवाको क्षेत्रमा कम्पनीको व्यवसाय बिस्तार गर्न कम्पनी सक्षम भएको जानकारी दिए ।

कम्पनीले प्रधान कार्यालयसहित ४८ वटा शाखा÷उपशाखा तथा एक्स्टेनसन काउन्टरमार्फत् निर्जीवन बीमा सेवा प्रदान गर्दै आएकोमा अब कार्यालयको संख्या ५७ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षको अन्त्य सम्ममा थप १० वटा शाखा/उपशाखा तथा एक्स्टेनसन काउन्टर स्थापना गरी ६७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्नेे लक्ष्य लिएको क्षेत्रीले जानकारी दिए ।

कम्पनीले चालू आवको आठ महिनाको अवधिमा अघिल्लो आवको सोही अवधिको तुलनामा ३० प्रतिशतले व्यवसाय वृद्धि गरेको छ । बीमा दाबीतर्फ सोहीे अवधिमा कम्पनीले २७८६ वटा दाबी फर्छौट गर्दै करिब ७८ करोड रुपैयाँ ग्राहकलाई दाबी भुक्तानी गरी सकिएको प्रमुख कार्यकारी अधिकृत क्षेत्रले जानकारी दिए ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १३:१२