२ दशमलव ४ अंकले उकालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२ दशमलव ४ अंकले उकालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से उकालो लागेर बन्द भएको छ ।आज नेप्स २ दशमलव ४ अंकले उकालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले कमाएका छन् । आज कारोबारमा आएको उतपादनमुलक समुह बाहेक अरु सबै समुहले कमाएका छन । आज कारोबारमा आएका १५१ कमपनीको ६ लाख २५ हजार ४ सय ६७ कित्ता सेयरबाट २३ करोड ३७ लाख ९४ हजार ३ सय १४ रुपैयाको कारोबार भएको छ।
बिहिबार सबै भन्दा धेरै होटल समुहले कमाएको छ। आज होटल समुह ७५ दशमलव ७१ अंकले उकालो लागेको छ। आज जलविधुत समुह १३ दशमलव ६७ अंकले, इन्स्योरेन्स समुह ९ दशमलव ६७ अंकले, अन्य समुह ४ दशमलव ०१ अंकले, लघुवित्त समुह २ दशमलव ४९ अंकले, विकास बैँक समुह २ दशमलव २७ अंकले, बैँक समुह ० दशमलव ३१ अंकले र फाइनान्स समुह ० दशमलव १६ अंकले उकालो लागेको छ।
आज उतपादनमुलक समुह भने ओरालो लागेको छ। आज उतपादनमुलक समुह २५ दशमलव ९ अंकले ओरालो लागेको छ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १५:१९