मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली



काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले बुधबार हस्ताक्षर गरेका हुन् ।

बैंकले धुर्मुस र सुन्तलीलाई सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्यायको भन्दै ब्राण्ड एम्बेस्डरको रुपमा चयन गरेको जानकारी दिएको छ । कार्यक्रममा (धुर्मुस सुन्तली) ले बैंकसँगको सहकार्यतामा गर्व महशुस गरेको बताए । बैंक र आफ्नो जोडी बैंकका हरेक कार्यहरुमा सहकार्य गर्दै एक अर्काको अभिन्न अंग भई काम गर्ने बताए ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १४:२७