नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद निश्चित, बोर्डले दियो स्वीकृती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद निश्चित, बोर्डले दियो स्वीकृती



काठमाडौं। नेपाल इन्स्योरेन्सको शतप्रतिशत हकप्रद आउने निश्चित भएको छ । नेपाल धितो पत्र बोर्डले हकप्रद निष्कासनका लागि स्वीकृत प्रदान गरेसँगै कम्पनीको हकप्रद निष्कासन हुने निश्चित भएको हो ।

नेपाल इन्स्योरेन्सले गत पुस पहिलो साता १ बराबर १ अनुपातमा ३० लाख १९ हजार ८ सय ८६दशमलव १० कित्ता हकप्रद शेयर निष्काशन अनुमतिको लागि बोर्डमा आवेदन दिएको थियो ।हाल ३० करोड १९ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्स्योरेन्सको १०० प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुँजी ६० करोड नाघ्ने छ ।

प्रकाशित : १ चैत्र २०७४, बिहीबार १६:२९