नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरिने



काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको शेयर बिक्री गरिने भएको छ । नेपाल बैंक लिमिटेडसंग नेपाल इन्स्योरेन्सको ५१ प्रतिशत शेयर स्वामित्वमा रहेको छ । बैंककोस्वामित्वमा रहेका शेयरहरु सर्वसाधारणहरुलाई विक्री गर्ने निर्णय नेपाल इन्स्योरेन्सको संचालक समितिले स्विकृति दिएको जनाइएको छ । ‘बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर बेच्ने भनेको छ, जसमा हाम्रो बोर्डले स्विकृति दिएको छ,’ नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए ।

साउदका अनुसार कम्पनीको स्वामित्व नेपाल बैंकले गरेपनि बैंकको भुमिका खासै प्रभावसाली नरहेको बताइएको छ । कम्पनीको प्रवन्धपत्र अनुसार नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको शेयरलाई संस्थापक उल्लेख नगरेर संस्थागत भनेर उल्लेख गरिएको जानकारी उनले दिए । उक्त बैंकको शेयर स्वामित्व घटाउँदै लगिने उनले बताए । ‘नेपाल बैंकको शेयर हिस्सा कम हुन्छ, निजी क्षेत्रको उपस्थिती थपिने छ र हामीलाई प्रतिपर्धि बन्न मद्दत पुग्नेछ,’ उनले भने ।

नेपाल बैंक लिमिटेडको प्रयासमा २००४ सालमा नेपाल इन्स्योरेन्स कम्पनीको स्थापना भएको हो । कम्पनीले गत आर्थिक वर्षमा करिब ७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिसम्ममा कम्पनीको वीमा शुल्क आर्जन ७६ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : ३ आश्विन २०७२, आईतवार ०७:३२