शेयर बजार कारोबार : जेष्ठ १० गतेबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजार कारोबार : जेष्ठ १० गतेबाट



635599342361406250काठमाडौं । शेयर बजार कारोबार आगामी जेष्ठ १० गतेबाट सुरु हुने भएको छ । पछिल्लो भूकम्पका कारण नेप्सेले थप एक साता समय अवधि लिएको हो । सिडिएससीका कर्मचारीले कार्यालयमा जान नसक्ने बताएपछि कारोबार रोक्ने निर्ष्कशमा नेप्से पुगेको हो । भिूकम्पपछि ठप्प रहेको शेयर बजार यसअघि जेष्ठ ३ गते आइतबारबाट चालु गर्ने तयारी थियो । तर दोस्रो ठुलो भूकम्पले शेयर बजारलाई प्रभावित पारेको हो । ३ साता बितिसक्दा पनि सेयर बजार सञ्चालनमा आउन नसकेपछि कहिलेबाट शेयरबजार खुल्छ भन्ने धेरैलाई अन्यौलता छाएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले १० गते आइतबारदेखि सेयर कारोबार सञ्चालनमा ल्याउने तयारी गरेको छ । सिडिएस एन्ड क्लियरिङ कम्पनी, ब्रोकरहरुलगायतका संस्थाहरु पनि सोही मितिबाट अघि बढ्न तयार भउका छन् । गत वैशाख १२ गतेको महाभूकम्प पछि सेयर बजार बन्द अबस्थामा छ । भवन मर्मत सम्भार भने सकिएको छ ।  भूकम्पबाट सिडिएस एनड क्लियरिङ रहेको भवन, केही धितोपत्र ब्रोकर र सेयर रजिस्ट्रार कार्यालयहरुमा क्षति भएको थियो ।

प्रकाशित : ४ जेष्ठ २०७२, सोमबार ११:३५