एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीले मार्यो छापा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंकको केन्द्रीय कार्यालयमा सीआईबीले मार्यो छापा



काठमाडाै । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड (एनसीसी) बैंकको केन्द्रीय कार्यालयमा छापा मारेको छ ।

सीआईबीले आज बैंकको केन्द्रीय कार्यालय बागबजारमा बोर्ड बैठक जारी रहेको वेला प्र छापा मारेको हो ।

बैंक मर्ज हुँदा करिब २ अर्ब रुपैयाँ घोटाला भएको प्रारम्भिक अनुसन्धानबाट खुलेकोले त्यस बिषयमा थप अनुसन्धान गर्न छापा मारिएकोले प्रहरीले जनाएको छ ।

प्रहरीले ३० भन्दा बढी अधिकारीलाई पक्राउ गरेको छ । केही समयमा विस्तृत विवरण ब्युरोले सार्वजनिक गर्ने भएको छ ।
एनसीसीले सुप्रिम, एपेक्स, इन्फ्रास्ट्रक्चर र इन्टरनेस्नल डेभेलप्मेन्ट बैंकलाई मर्ज गरेको थियो । एपेक्सलाई मर्ज गर्ने बेलामा २ अर्ब रुपैयाँ घोटाला भएको अनुमान गरिएको छ ।

प्रकाशित : २ चैत्र २०७४, शुक्रबार १२:५९