भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भूकम्पपीडित किसानका लागि राहत कार्यक्रम



चितवन । चितवनका भूकम्पपीडित किसानका लागि रु ३० लाख बराबरको राहत कार्यक्रम सञ्चालनमा ल्याइएको छ । जिल्लाका भूकम्पपीडितका लागि विभिन्न कृषि कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्तर्गत राहत कार्यक्रम सञ्चालनमा ल्याइएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रम जिल्ला विपद् व्यवस्थापन समितिले समेत पारित गरिसकेको र किसानको निवेदन लिने काम सकिएको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत सुधिर श्रेष्ठले जानकारी दिए ।

प्राधिकरणमार्फत ४० किसानलाई मौरीका गोला, ५ वटा प्लाष्टिक घर, एउटा एग्रो सेन्टर, दुई ठाउँमा मत्स्य पोखरी पुनर्निर्माण र मर्मतका लागि राहत अनुदान जिल्लामा आएको हो ।

यस्तै ट्याँकी सहितको थोपा सिंचाई अन्र्तगत १० किसानका लागि आएको अनुदान कार्यक्रममा १४ वटा निवेदन परेको कृषि कार्यालयका प्राविधिक सहायक गोविन्दमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार साना सिँचाइ पुनःनिर्माण र मर्मतका लागि ८५ प्रतिशत अनुदामा छ जना किसानका लागि अनुदान कार्यक्रम आएको छ ।

उक्त कार्यक्रमका लागि कार्यालयमा १६ वटा निवेदन परेको श्रेष्ठले जानकारी दिए । सबै कार्यक्रमका लागि किसानसँग निवेदन लिने काम सकिएको र यो महिना भित्रै कार्यान्वयन गरिने कार्यालयले जनाएको छ । जिल्लाको पहाडी क्षेत्रमध्ये सबैभन्दा बढी साविक दारेचोक गाविसमा भूकम्पले क्षति पु¥याएको थियो ।

प्रकाशित : २ चैत्र २०७४, शुक्रबार १३:३८