निक्षेपकर्ता, सेयरधनी र ग्राहकलाई एनसीसी बैंकको अपील « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

निक्षेपकर्ता, सेयरधनी र ग्राहकलाई एनसीसी बैंकको अपील



ठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले आफ्ना निक्षेपकर्ता, सेयरधनी र ग्राहकलाई निश्चिन्त रहन पुनः आह्वान गरेको छ ।

बैंकले आइतबार सार्वजनिक अपील जारी गर्दै एनसीसी बैंकमा गाभिनुुपूर्व नै एपेक्स डेभलपमेन्ट बैंकमा भएको धोकापूर्ण कर्जा बिस्तारका कारण सीआइबीले अनुसन्धान थालेको र सो क्रममा साबिक रोयल मर्चेन्ट, अपी फाइनान्स र रारा विकास बैंक गाभिई बनेको एपेक्स डेभलपमेन्ट बैंकले गरेको कर्जासँग सम्बन्धित रहेको भन्दै भ्रममा नपर्न उसले सबैमा अपील गरेको हो ।

सीआइबीलाई उद्धृत गर्दै बैंकले एनसीसीमा गाभिएको साबिक एपेक्स डेभलपमेन्ट बैंक लिमीटेडबाट २०७२ मंसिर ११ गते सम्पन्न समझदारीपत्र विपरीत तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका विभिन्न शाखाहरुबाट अनियमित रुपमा कर्जा प्रवाह गरी बैंकलाई हानी नोक्सानी पुर्याउने साबिक एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बद्ध १३ जनालाई अनुसन्धानका लागि पक्राउ गरिएको समेत थप प्रष्ट पारेको छ ।

बैंकले एपेक्स गाभिने क्रममा एनसीसीलाई हानी नोक्सानी भएको डेढ अर्ब बराबरको रकम नेपाल राष्ट्रबैंकबाट जारी एकीकृत निर्देशनमा तोकिए बमोजिम कर्जा जोखिम व्यहोर्ने कोषमा पहिले नै छुट्याई राखिएको हुँदा यस बैंकको बित्तीय अवस्थामा कुनै प्रतिकूल असर नपर्ने समेत दाबी गरेको छ ।

 

प्रकाशित : ४ चैत्र २०७४, आईतवार ११:३५