लाभांश पारित गर्न प्रिमियर इन्स्योरेन्सले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लाभांश पारित गर्न प्रिमियर इन्स्योरेन्सले बोलायो साधारणसभा



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले चैत २६ गते साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १३ दशमलव ५२ प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

कम्पनीले आफ्ना शेयर धनीलाई १३ दशमलव ५२ प्रतिशत बोनस र कर प्रयोजनका लागि इन्स्योरेन्सले ३६ लाख ५९ हजार ७४९ रुपैंया नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत ८ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ । कम्पनीको साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न चैत ७ गतेसम्म शेयर खरिद गर्नुपर्ने हुन्छ ।

बोनस शेयर केही समय अघि कम्पनीले निष्काशन गरेको फर्दर पब्लिक अफरिङका लगानीकर्ताले पनि पाउने भएका छन् । एफपीओ निष्काशन पश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ कायम भएको प्रिमियरको चुक्ता पूँजी बोनस बितरण पश्चात ५८ करोड ४० लाख १५ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ४ चैत्र २०७४, आईतवार १३:४१